global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

बुधबार बिहान ६:३७ देखि ६:४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु