nmb bank

गृहपृष्ठ ‘नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न मिल्दैन’

‘नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न मिल्दैन’

‘नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न मिल्दैन’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा बुधबार आयोजना गरेको अन्तर्क्रियामा उनले नेपालमा श्रीलंकाकाे जस्तो आर्थिक संकटको स्थिति उत्पन्न नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठीक ढंगले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने बताए ।

'नेपालमा आर्थिक संकट आएको छैन, श्रीलंकासँग तुलनै गर्न मिल्दैन तर, नीतिगत र आर्थिक कमजोरी कारण नेपालमा पनि आर्थिक संकटको खतरा कायमै छ, त्यसैले वित्तीय अनुशासन कायम राख्न प्रशासनिक सुधार र नीतिगत सुधार जरुरी छ,' डा. वाग्लेले भने । अर्थशास्त्री डा. वाग्लेले मुलुकमा मौलाउँदै गएको कुशासन र हचुवामा गरिने निर्णयले दुर्घटना निम्त्याउन सक्ने खतरा पनि औँल्याए । नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलंकाको जस्तै रहेको तर अर्थतन्त्रको प्रवृत्ति भने फरक-फरक रहेको उल्लेख गरे ।

उनले तिर्न नसक्ने ऋण र पुर्न नसक्ने घाटा श्रीलंकाको आर्थिक संकटको मुख्य कारण रहेको भन्दै नेपालले पनि बेलैमा सजगता अपनाउनुपर्ने बताए । डा. वाग्लेले श्रीलंकाले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्ध ऋण लिएको सन्दर्भ निकाल्दै बिना अध्ययन विदेशी ऋण लिएर लगानी गरेका कारण आर्थिक संकटको सामना गर्नुपरेको उल्लेख गरे ।

प्रकाशित समय : ०१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु