गृहपृष्ठ एमाले अध्यक्ष ओली नयाँ पार्टी कार्यालय उद्घाटन गर्दै
एमाले अध्यक्ष ओली नयाँ पार्टी कार्यालय उद्घाटन गर्दै
नेकपा एमालेले आज पार्टीको नयाँ कार्यलय सञ्चालनमा ल्याएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।
शुक्रबार दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठान केन्द्रमा राखिएको प्रतिमाको पर्दा हटाइ ओलीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । यो सँगै एमालेको पार्टी कार्यालय थापाथलीबाट च्यासल सरेको छ । बल्खुमा नयाँ भवन नबन्दासम्म च्यासलबाटै एमालेले कामकारबाही सञ्चालन गर्ने भएको छ ।
प्रकाशित समय : २०:३४ बजे



















