गृहपृष्ठ काठमाडौंका तीन जिल्लाको प्रहरी संरचना केन्द्रको मातहतमा राख्न अध्यादेश जारी
काठमाडौंका तीन जिल्लाको प्रहरी संरचना केन्द्रको मातहतमा राख्न अध्यादेश जारी
सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ । संघीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले गत २२ चैतमा जारी गरेको अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको शान्ति सुरक्षा सिधै केन्द्र मातहत हुने उल्लेख छ ।
बागमती प्रदेश प्रहरीको अधिकार कटौती हुने गरी व्यवस्था गरिएको अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई त्यही नामको अध्यादेश २०७८ का नामबाट जारी भएको हो ।
ऐनको दफा १० मा भएको व्यवस्थामा ‘क’ थपेर उपत्यकाका तीन जिल्लाका जिल्ला प्रहरी कार्यालय सोझै नेपाल प्रहरी मातहत हुने बनाइएको छ । अध्यादेशमा भनिएको छ, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा प्रदेश प्रहरीको काम कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने ।’ अध्यादेशमा ती कामका लागि नेपाल प्रहरी मातहत तीनवटै जिल्लामा प्रहरी कार्यालय हुने उल्लेख छ ।
प्रकाशित समय : १६:५४ बजे



















