global ime bank Long Banner Ad

गृहपृष्ठ विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन

विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन

विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ ।

प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मंगलबारदेखि प्रशिक्षण थालिएको हो । समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने उनको बुझाइ छ । कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रुखो हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु