nmb bank

गृहपृष्ठ विष्णु पाैडेलसहित एमालेकाे प्रतिनिधिमण्डल चीन प्रस्थान

विष्णु पाैडेलसहित एमालेकाे प्रतिनिधिमण्डल चीन प्रस्थान

विष्णु पाैडेलसहित एमालेकाे प्रतिनिधिमण्डल चीन प्रस्थान

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा आज (सोमबार) पार्टीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनमिक कर्पोरेसन एण्ड क्लचर एक्सचेञ्ज’ कार्यक्रममा सहभागी हुनेछ ।

प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन् ।

प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु