गृहपृष्ठ माओवादी नेता आचार्यको निधन

माओवादी नेता आचार्यको निधन

माओवादी नेता आचार्यको निधन

नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनानसाठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए ।

उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघकाे अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघकाे केन्द्रीय पनि भएका थिए । उद्योगमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि थिए ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु