nmb bank

गृहपृष्ठ कोरोनाभाइरसबाट डब्लुएचओका ६५ कर्मचारी संक्रमित

कोरोनाभाइरसबाट डब्लुएचओका ६५ कर्मचारी संक्रमित

कोरोनाभाइरसबाट डब्लुएचओका ६५ कर्मचारी संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएको डब्लुएचओले जनाएको छ । डब्लुएचओले ट्वीटरबाट दिएको जानकारीअनुसार संक्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।

त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाइएको डब्लुएचओले बताएको छ । विश्वव्यापी रूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।

जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर मंगलबारसम्म कुल पाँच करोड ५३ लाख लाख ५ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १३ लाख ३३ हजारले ज्यान गुमाएका छन् भने ३ करोड ८५ लाख २९ हजार निको भइ घर फर्किएका छन् ।

प्रकाशित समय : २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु