global ime bank Long Banner Ad

गृहपृष्ठ संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ देखि चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

गत भदौ २३ मा सुरु भएको संसद अधिवेशनका बैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधका कारण महत्वपूर्ण विधेयकहरु पास हुन नसकेको भन्दै संसदको अधिवेशन अन्त्य गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित समय : २३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु