गृहपृष्ठ संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ देखि चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत भदौ २३ मा सुरु भएको संसद अधिवेशनका बैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधका कारण महत्वपूर्ण विधेयकहरु पास हुन नसकेको भन्दै संसदको अधिवेशन अन्त्य गरिएको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित समय : २३:३५ बजे