गृहपृष्ठ थप १८९ जनाले जिते काेराेना, सक्रिय संक्रमितकाे संख्या ५२१२ मा झर्याे
थप १८९ जनाले जिते काेराेना, सक्रिय संक्रमितकाे संख्या ५२१२ मा झर्याे
पछिल्लो २४ घण्टाभित्र नेपालमा १८९ जनाले काेराेना जितेका छन् । याेसँगै हालसम्म देशभर काेराेनामुक्त हुनेकाे संख्या ९ लाख ६० हजार ६८६ पुगेकाे छ । पछिल्लाे तथ्यांकअनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार २१२ रहेको छ ।
गत २४ घण्टाकाे अवधिमा ७ हजार ९८१ जनामा गरिएको नमूना परीक्षणबाट थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।
२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय : २१:३७ बजे



















