गृहपृष्ठ अफगान महिलामाथिकाे प्रतिबन्ध, १७ देशका महिला विदेशमन्त्रीद्वारा फुकुवाकाे माग
अफगान महिलामाथिकाे प्रतिबन्ध, १७ देशका महिला विदेशमन्त्रीद्वारा फुकुवाकाे माग
विभिन्न १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लंघन र महिलामाथिका प्रतिबन्ध हटाउन माग गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि महिलाहरुलाई रोजगारी, शिक्षा तथा भ्रमणबाट वञ्चित गरिँदै आएको छ ।
अफगानिस्तानमा जारी महिला दमनबारे चिन्ता व्यक्त गर्दै विदेशमन्त्रीहरूले तालिवानलाई सबै प्रतिबन्धहरू हटाउन आह्वान गरेका हुन् ।
अफगानिस्तानमा आयोजित एक बैठकमा १७ देशका विदेशमन्त्रीहरूले महिलामाथिको विभेद, प्रतिबन्ध तथा शिक्षामा गरिएका अवरोध हटाउन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ ।
प्रकाशित समय : १५:५९ बजे



















