global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ई-सेवाले बोनस बाँड्दैछ’भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ

‘ई-सेवाले बोनस बाँड्दैछ’भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ

‘ई-सेवाले बोनस बाँड्दैछ’भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ

ठगी गरेको अभियोगमा रौतहट माधबनारायण नगरपालिका-२ घर भई पर्सा वीरगञ्ज बस्ने सुभम साह र बारा महागढिमाई नगरपालिका-१० घर भई पर्सा वीरगञ्ज बस्ने सर्फराज आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले 'ई-सेवाले बोनस बाँड्दैछ, आफ्नै ई-सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाइन्छ' भनी ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए । ई-सेवा आइडीको ओटीपी प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको सूचना प्रहरीले प्राप्त गरेकाे थियाे । साेही आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

ठगी गरेको उक्त रकमले टिकटकमा विक्रीका लागि राखिएको आइफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमति गरी उनीहरूले पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको प्रहरीले जनाएकाे छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएकाे छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु