global ime bank Long Banner Ad

गृहपृष्ठ थप १ हजार ९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

थप १ हजार ९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

थप १ हजार ९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १२ हजार ६९२ नमूनाको परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टिजेनको विवरण समेत समावेश गरिएको जनाएको छ । २४ घण्टामा आरटी-पीसीआर विधिबाट ८ हजार ५८७ र एन्टिजेन विधिबाट ४ हजार १०५ नमूनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट १ हजार १८४ जना र एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ११ जना कोरोना संक्रमित भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल  देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित समय : २३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु