global ime bank Long Banner Ad

गृहपृष्ठ फुटवेयर बिजनेस एक्स्पो-२०७८ सुरु

फुटवेयर बिजनेस एक्स्पो-२०७८ सुरु

फुटवेयर बिजनेस एक्स्पो-२०७८ सुरु

एफम्यान फुटवेयर बिजनेस एक्स्पो-२०७८ सुरु भएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ  आज एक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा दियो बालेर मेलाको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि ढकालले जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशको उत्पादन प्रयोगबाट मात्र समृद्धिको पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र हामी व्यवसायी सँगसँगै देश पनि उभो लाग्ने बताए ।

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसिएसन अफ नेपालले हरेक वर्ष गर्दे आइरहेको एक्स्पो यसपटक पनि प्रदर्शनी मार्ग स्थित भृकृटीमण्डपमा आयोजना गरेको हो । मेलामा नेपालका चर्चित ३० वटा कम्पनीहरुका तीन हजार थरिका जु्त्ता चप्पलहरु राखिएको छ ।

६० वटाभन्दा बढी स्टलहरु रहेको मेलामा उपभोक्ताले छानी छानी सस्तो मुल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । मेला १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनुका साथै नयाँ नयाँ मोडेलका जुत्ता तथा चप्पल, बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ । मेला कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म चल्नेछ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु