global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ इराकी प्रधानमन्त्रीको हत्या प्रयास, निवासमै ड्राेन हमला

इराकी प्रधानमन्त्रीको हत्या प्रयास, निवासमै ड्राेन हमला

इराकी प्रधानमन्त्रीको हत्या प्रयास, निवासमै ड्राेन हमला

इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भए पनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ । घटना हुनुअगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भए पनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् । उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन् ।

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भर्त्सना गर्दै आक्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ । (रासस)

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु