global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन

मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन

मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गरेका छन् । आह्वानपछि प्रदेश नं १ मा नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा आज बुझाएको छ ।

गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत(समाजवादी)का १०, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी नेपालका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको हो । प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गरेपछि सो आह्वान भएको हो ।

प्रकाशित समय : ००:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु