nmb bank

गृहपृष्ठ प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्नेछन् ।

देउवा आज  बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका रहेकाे बताइएकाे छ । त्यसलगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजे राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

यसपछि प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु