nmb bank

गृहपृष्ठ साहारा एपद्वारा राइडर लक्षित धमाकेदार दसैं अफर

साहारा एपद्वारा राइडर लक्षित धमाकेदार दसैं अफर

साहारा एपद्वारा राइडर लक्षित धमाकेदार दसैं अफर

नेपालीहरूको महान चाड बडा दसैंको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दसैं अफर ल्याएको छ । महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाइल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्ने मौका रहेको छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनससमेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहारअन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् । नेपालमा सन् २०१९ देखी राइड सेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सीइओ विशाल जीसीले जानकारी दिए ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु