global ime bank Long Banner Ad

गृहपृष्ठ जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएका छन् । यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शीर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्ट जाने भएका हुन् ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ । जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम वैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उनले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ ।

कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उनले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेवारीसमेत नलिने भएका हुन् । जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उनले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री सिन्जे आवेको आकस्मिक रुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । झण्डै एक वर्षे कार्यकाल बिताएर उनले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लाग्नु भएको उनको निकटस्थले जानकारी दिएका छन् । 

प्रकाशित समय : २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु