global ime bank Long Banner Ad

गृहपृष्ठ गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेकाे महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् । गुएनामा सुरक्षा फौजको प्रयोग गरी शक्ति हत्याइएको र यहाँका राष्ट्रपति अल्फा कोन्डेलाई बन्दी बनाइएको छ । महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्, 'गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु ।' उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताएका छन् ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु