गृहपृष्ठ प्रदेश १ मा एमालेका १० सांसदले राेजे एकीकृत समाजवादी
प्रदेश १ मा एमालेका १० सांसदले राेजे एकीकृत समाजवादी
प्रदेश १ प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले सनाखत गरेका थिए । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी दर्ता भएपछि निर्वाचन आयोगले नयाँ पार्टी दर्ता भएको २१ दिनभित्र पार्टी रोज्न समयसीमा दिएको थियो । आयोगको निर्देशनअनुसार एमाले प्रदेश १ का १० सांसदले एकीकृत समाजवादी रोजेका हुन् ।
निर्वाचन कार्यालयमा १० जना सांसदहरुले सनाखत गरेसँगै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमत परेको छ ।
प्रकाशित समय : २०:११ बजे



















