global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष कृष्णप्रसाद वर्माको निधन भएको छ । वर्माको ७० वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचाप, मधुमेह, मुटु रोगबाट पीडित वर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रामनगर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनी तत्कालीन खैर्वा गा.वि.स.को दुई पटकसम्म अध्यक्षसमेत भएका थिए । लामो समयदेखि नेपाली कांग्रेसमा निरन्तर क्रियाशील रहँदै आएका स्वर्गीय वर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको सम्झँदै कांग्रेसले उनको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ । स्व. वर्माका श्रीमती र एक छोरा छन् । 

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु