nmb bank

गृहपृष्ठ देउवा-नेपाल बूढानीलकण्ठमा भेटवार्ता

देउवा-नेपाल बूढानीलकण्ठमा भेटवार्ता

देउवा-नेपाल बूढानीलकण्ठमा भेटवार्ता

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् । नेपाल बेलुकी पौने ६ बजे बूढानीलकण्ठ पुगेका हुन् ।

स्रोतका अनुसार बेलुकी पौने ६ बजेदेखि दुई नेताहरूबीच देउवा निवासमा भेटवार्ता जारी छ । नेपालसँगै एमाले नेता भीम रावल पनि छलफलमा सहभागी छन् । बुधबार मात्र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई उनकै निवास पुगेर भेटेका थिए । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच यादवनिवास हात्तीवनमा छलफल भएको थियो ।

प्रकाशित समय : ००:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु