nmb bank

गृहपृष्ठ विमानस्थल विस्तार रोक्ने विद्यालय व्यवस्थापन समितिको निर्णय

विमानस्थल विस्तार रोक्ने विद्यालय व्यवस्थापन समितिको निर्णय

विमानस्थल विस्तार रोक्ने विद्यालय व्यवस्थापन समितिको निर्णय

वीरेन्द्रनगर- १२ स्थित अमरज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले सुर्खेत विमानस्थल विस्तार गर्न नदिने निर्णय गरेको छ । बिहीबार अभिभावक तथा सरोकारवालाहरुको भेला आयोजना गरी विमानस्थल विस्तार गर्न नदिने निर्णय गरिएको हो ।

विमानस्थल विस्तार रोक्न दबाब दिनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको संयोजकत्वमा १९ सदस्यीय समितिसमेत गठन गरिएको छ । बस्ती र शैक्षिक संरचना धरापमा पारेर विमानस्थल विस्तार गर्नुभन्दा उचित स्थानको खोजी गर्नुपर्ने प्रधानाध्यापक खगेन्द्र थापाले तर्क गरे । ‘करोडौं लगानी गरिएको विद्यालय विस्थापित हुँदैछ । न हामीहरुलाई समन्वय गरिएको छ । नत राम्रोसँग सम्भाव्यता अध्ययन नै गरिएको छ,’ उनले भने ।

सयौं बालबालिकाहरुको भविष्य अन्धकार हुनसक्ने भएकाले विमानस्थल विस्तारका लागि आफूहरुले कुनै पनि हालतमा सहमति नदिने उनले बताए । भेलामा प्रभावित क्षेत्र वडा नं. १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसे र वडा नं. १० का अध्यक्ष रत्नबहादुर बुढासमेत सहभागी थिए ।

प्रकाशित समय : ००:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु