nmb bank

गृहपृष्ठ मेलम्चीको पानी काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीले भने- लड्डु खानुपर्ने दिन आज हो

मेलम्चीको पानी काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीले भने- लड्डु खानुपर्ने दिन आज हो

मेलम्चीको पानी काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीले भने- लड्डु खानुपर्ने दिन आज हो

मेलम्चीको पानी २६ किलोमिटर लामो सुरुङ तय गर्दै काठमाडौंको सुन्दरीजल आइपुगेको छ । शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालेका हुन् । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

सुन्दरीजलमा पानी खसेलगत्तै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौंमा झार्ने लामो सपना पूरा भएको र अब नेपालले ठूलो पड्को मारेका बताए । उनले संसद् पुनर्स्थापना हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले लड्डु खाएको प्रसंगतर्फ इंगित गर्दै भने, 'जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । लड्डु खानुपर्ने दिन आज हो ।'

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका- १ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । वैशाखको दोस्रो सातादेखि घर-घरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी काठमाडौं आइपुगेको हो ।

 

प्रकाशित समय : ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु