गृहपृष्ठ महालक्ष्मी विकास बैंकले गर्यो विद्यार्थीलाई पोशाक वितरण
महालक्ष्मी विकास बैंकले गर्यो विद्यार्थीलाई पोशाक वितरण
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले २०७७ फाल्गुन १७ गते सोमबार सिद्घार्थनगर नगरपालिका–४, दोगहरामा अवस्थित दुर्गा माद्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।
सिद्घार्थनगर नगरपालिका –४ का अध्यक्ष मुक्तियादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
प्रकाशित समय : १९:५३ बजे