nmb bank

गृहपृष्ठ सयौँ मानिसको अस्थिपञ्जर भेटिएको रहस्यमय ताल

सयौँ मानिसको अस्थिपञ्जर भेटिएको रहस्यमय ताल

सयौँ मानिसको अस्थिपञ्जर भेटिएको रहस्यमय ताल

भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येताबाट पाँच वर्षदेखि गहन अध्ययन

भारतमा सयँ मानिसको अस्थिपञ्जर छरिएको हिमाली ताल अझै रहस्यमय नै छ । उत्तराखण्ड राज्यमा पर्ने एक हिमाली उपत्यकामा रहेको 'रुपाकुण्ड' तालमा करिब ८ सय मानिसको अस्थिपञ्जर फेलापरेको ८० वर्षसम्म पनि यथेष्ट जनकारी प्राप्त भएको छैन ।

पहाडको चुचुरोको ठारो भिरालोमा रहेको सो क्षेत्र समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ तालमा सन् १९४२ म एउटा ब्रिटिस रेन्जरको गस्तीले मानव अपशेषहरू छरिएको र हिउँमा दबेको फेलापारेको थियो ।

अधिकांश समय हिउँ जमिरहने तालको आकार मौसमअनुसार घट्ने र बढ्ने हुन्छ । हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन् कहिलेकाहीँ अस्थिपञ्जरमा मासु टाँसिएको र सग्लै रहेको पनि देखिने बीबीसीले जनाएको छ ।

पर्यटन प्रवर्धका लागि स्थानीय सरकारले त्यसलाई 'रहस्यपूर्ण ताल' भन्ने गरेको छ तालमा अस्थिपञ्जर भेटिएपछि झन्डै ५० वर्षयता अध्ययन भइरहेका छन् तर कारण अझै पत्ता लाग्न सकेका छैनन् । आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेक भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्ता अनुमान

अस्थिपञ्जरका बारेमा अनेक किंम्बदन्ती भने बाहिर एका छन् । करिब ८७० वर्षअघि भारतीय राजा, उनकी पत्नी र सेवकहरू यो क्षेत्रमा गएका बेला हिउँको सिरेटो थेग्न नसकेर मरेका हुन् ।

कतिपयले यसला भारतीय सुरक्षाकर्मीको अवशेष भनेका छन् । सन् १८१४ भारत तिब्बत कब्जा गर्न गएका भारतीय सुरक्षाकर्मी परास्त भए । उनीहरूला हिमालयको बाटो भएर फर्किन बाध्य पारियो । बाटोमै उनीहरूको मृत्यु भयो ।

केही अध्ययनले यसला एउटा अन्त्येष्टि स्थल भएको हुनसक्ने अनुमान गरेका छन् । यो तालमा महामारी पीडितहरूको अन्त्येष्टि गरिएको पाइएको छ ।

केही अन्धविश्वास पनि यसमा जोडिएका छन् । त्यस क्षेत्रमा पर्ने गाउँहरूमा चर्चित एउटा लोकगीतमा 'भगवती नन्दादेवीले फलामजत्तिकै कडा आँधीको सृष्टि गरेको र मानिसहरू त्यसमा पुरिएको' बताइन्छ । भारतकै दोस्रो अग्लो हिमाल नन्दादेवीलाई भगवतीको रूपमा श्रद्धा पनि गरिन्छ

केही अध्ययनले ती अवशेष नवौँ शताब्दीमा कुनै महाविपत्तिमा परेर ज्यान गुमाएका एउटै समूहका मानिसको भएको पनि अनुमान गरेका छन् । तर, यी कुनै अनुमान पुष्टि हुन सकेका छैनन् ।

भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येता संलग्न पाँच वर्ष लामो अध्ययनले ती अनुमान सत्य नहुन सक्ने उल्लेख गरेको छ । वैज्ञानिकहरूले जेनेटिक विश्लेषण र कार्बन डेटेड विधिबाट १५ महिलासहित ३८ वटा मानव अवशेषको अध्ययन गरेका थिए, जसमा केही १ हजार २ सय वर्षअघिका थिए

अध्ययनअनुसार मृतकहरू वंशाणुगत रूपमा फरक-फरक छन् र मृत्यु पनि एक हजार वर्षसम्मको अन्तरमा भएको छ 'यसले एउटै प्रलयका कारण सबैको मृत्यु भएको मान्यताको खण्डन गरेको छ,' अध्ययनको नेतृत्व गरेकी हार्वर्ड विश्वविश्वविद्यालयमा विद्यावारिधिकी विद्यार्थी एडाओइन हार्नी भन्छिन्

एउटा चाखलाग्दो कुरा के पनि छ भने वंशाणुगत अध्ययनले मृतकहरूको एउटा समूह अहिले दक्षिण एसियामा बसिरहेका मानिससँग मिल्दो देखिन्छ अर्को समूह अहिले युरोप खासगरी ग्रिकको क्रिट टापुमा बस्नेहरूसँग मिल्दो देखिन्छ । अनि दक्षिण एसियालीसँग मिल्ने मृतक पनि 'एउटै समुदायको भएको देखिन्न' तीमध्ये केहीको वंश उपमहाद्वीपको उत्तर र केहीको दक्षिणतर्फका मानिससँग मिल्दोजुल्दो रहेको अध्ययनमा पाइएको छ । यसले फरक-फरक समूहका मानिस ससाना समूहमा यात्रामा गएको अनुमानला बल पुगेको छ ।

ताल व्यापारिक मार्गमा पर्दैन त्यहाँ हातहतियार वा व्यापारिक सामग्री भेटिएका छैनन् रोगका कारण मानिस मरेको पुष्टि गर्न त्यहाँ किनै प्राचीन जैविक कीटाणु पनि फेला परेको छैन ।

केही वैज्ञानिकहरूले त्यस क्षेत्रमा फेलापरेका अवशेषहरू 'तीर्थाटनकै क्रममा सामूहिक मृत्यु' भएकाहरूको हुनसक्ने विश्वास गरेका छन् । तर पूर्वी भूमध्यसागर भूमिबाट कसरी मानिसहरू भारतको अग्लो हिमालस्थित विकट तालसम्म पुगे भन्ने प्रश्न अझै अनुत्तरित नै छ ।

युरोपबाट लामो बाटो हुँदै हिन्द तीर्थस्थलमा सहभागी हुन मानिसहरू रूपकुण्ड पुग्ने सम्भावना निकै कम छ ।

अवशेषहरूको अध्ययनले बालबालिका नभएको देखाएको छ । अधिकांश अस्थिपञ्जर औसतभन्दा अग्ला छन् । यसमा धेरैजसो ३५ देखि ४० वर्षका रहेको तथा शिशु र बालबालिका नरहेको पत्ता लगाइएको छ

(बीबीसीबाट)

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु