nmb bank

गृहपृष्ठ पेट्रोलियम पदार्थको तारन्तार मूल्यवृद्धि

पेट्रोलियम पदार्थको तारन्तार मूल्यवृद्धि

पेट्रोलियम पदार्थको तारन्तार मूल्यवृद्धि

हालै मात्र कर्मचारीला महिनँ अवधिको बोनस बाँडेको नेपाल यल निगमले घाटा देखाउँदै एक महिनामै तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ध्यरातदेखि लागू हुने गरी भन्दै सोमबार फेरि मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ तथा डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रतिलिटर बिक्री मूल्यमा पाँच रुपैयाँले वृद्धि गरी ७२ रुपैयाँ पु‑याइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा एलपी ग्यासमा प्रतिसिलिन्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ । यसले निगमको अर्धमासिक घाटा करिब एक अर्ब ३२ करोड हुन उँछ ।

निगमले यसअघि फागुन ४ गते पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । इन्डियन आयल कर्पोरेनले आज पठाएको मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले मूल्य बढ्दा तत्कालै बढाउने गरे पनि घट्दा घटाउने गरेको छैन । पेट्रोले बेचेर घाटा व्यहोरिरहेको निगमले कर्मचारीला कसरी करोडँ बोनस बाँड्यो भन्ने प्रश्न उत्तर भने दिएको छैन ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु