global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा आठ क्विन्टल कालाे धान

गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा आठ क्विन्टल कालाे धान

गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा आठ क्विन्टल कालाे धान

अछाम, ८ पुस : रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ ।

यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए ।

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताए । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनकाे भनाइ छ ।

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ ।

कृषकलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु