काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डा. सन्दुक रुइतलाई भारतकाे सर्वाेच्च सम्मान

16.46K
shares

काठमाडौँ — नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले त्यहाँको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ ।

गणतन्त्र दिवसको पूर्वसन्ध्या बिहीबार भारतले विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरुको नाम घोषणा गरेको थियो। भारतको नागरिक सम्मान भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जामा पद्मश्री रहेको छ ।

‘१९८० मा उनले गरेको खोजले मोतीविन्दूको शल्यक्रियाको खर्च ९० प्रतिशतले कम भएको छ,’ भारतको प्रेस इन्फर्मेसन ब्यूरो (पीआईबी)ले टि्वटमा भनेको छ, ‘उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्।’

ब्यूरोका अनुसार डा. रुइतको प्रविधि अहिले ३० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ। उनले एमबीबीएस भारतको एम्स अस्पतालबाट गरेका हुन्।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतलाई यही योगदानका लागि २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट सम्मान गरिएको थियो।