गृहपृष्ठ सामुदायीक बिद्यालय
सामुदायीक बिद्यालय

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघले सामुदायिक बिद्यालय सुधारका लागि अभियान सुरु गरेको छ । राजनीतिक आन्दोलन समाप्त भएको निष्कर्ष सहित सामुदायिक बिद्यालय सुधारको अभियान सुरु गरेको बताइएको छ । काठमाडौंको पशुपति मित्र माविबाट सुरु गरिएको अभियानको सुरुमा तीन महिना सम्म देशभरका सामुदायिक बिद्यालयमा पुगेर ती बिद्यालको शैक्षिक अवस्थाका बारेमा अभिभावक, शिक्षक, तथा बिद्यार्थीहरुसंग छलफल गरिने छ । कार्यक्रमको सुरुवात गर्दै नेपाल बिद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले देशभरका बिद्यालयको शैक्षिक अवस्थाका बारेमा अध्ययन गरेपछि नीति निर्माता तहमा सामुदायिक बिद्यालयको सुधारको बहस चलाउने बताए ।
सामुदायिक बिद्यालय सुधारका लागि ५ वटा आधार तय गरिएको केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए । पाँच बुँदामा अनुकुल शैक्षिक वातावारण, गुणस्तरिय पाठ्यक्रम, दक्ष शिक्षक, जिम्मेवारी अभिभावक तथा समाजिक जवाफदेहिता र अनुशासित बिद्यार्थी हुनुपर्ने मान्यताका साथ अभियान सुरु गरिएको त्रिपाठीले बताए ।
यो अभियानले नेपालको शैक्षिक गुणस्तरलाई सामान स्तरको बनाउने लक्ष्य लिएको काफ्लेको दाबि छ । अभियानले सहर र गाँउका बिद्यालयको शैक्षिक गुणस्तरमात्र समान नभई नीजि बिद्यालय सरहको गुणस्तर सामुदायिक बिद्यालयको बनाउने काफ्लेको दाबि छ ।
नेपाल बिद्यार्थी संघले गरेको छलफल कार्यक्रममा शिक्षक अभिभावक तथा बिद्यार्थीहरुले भने एकले अर्को पक्षलाई दोष दिदै गुनासो व्यक्त गरेका थिए । शिक्षकहरुले अभिभावक जिम्मेवार नहुँदा तथा राज्यको नेतृत्व तहमा बसेकाहरुले आफ्ना छोराछोरी विदेश तथा नीजि स्कुलमा पढाउने गरेकाले सामुदायिक बिद्यालयको सुधार हुन नसकेको बताएका थिए । शिक्षकहरुले सामुदायिक बिद्यालयका शिक्षकहरुको दक्षता बृद्धिका लागि राज्य उदासिन भएको गुनासो गरे । उनीहरुले निजामति सेवामा दक्षता बृद्धिका लागि राज्यले ठुलो लगानी गरेको तर सामुदायि बिद्यालयका शिक्षकहरुका लागि दक्षता बृद्धिमा लगानी नगरेको गुनासो गरेका थिए ।
त्यसैगरि अभिभावकहरुले बिद्यार्थीहरुका गलत क्रियाकलापमा बिद्यालयले नियन्त्रण गर्न नसकेको तथा अतिरिक्त कक्षा संचालन गर्न नसकेको गुनासो गरे । त्यसैगरि बिद्यार्थीहरुले बिद्यालयमा पठनपाठनका लागि उपयुक्त वातावरण नभएको तथा अतिरिक्त क्रियाकलापमा लागि बिद्यालयले लगानी गर्न नसकेको गुनासो गरेका थिए ।
प्रकाशित समय : १०:३६ बजे