गृहपृष्ठ प्रदेश नं ५ प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित
प्रदेश नं ५ प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित
बुटवल – राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित पारित गरेको छ ।
बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन कार्यविधि, २०७४ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँचजना सदस्यको मनोनयनलाई निर्णयार्थ प्रस्तुत गरी बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले नेकपा ९एमाले०बाट कमलप्रसाद श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०बाट दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट अष्टभुजा पाठक, संघीय समाजवादी फोरम नेपालबाट सन्तोषकुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी मनोनित भएको छ ।
प्रदेशसभाको आजको ऐतिहासिक बैठकको कार्यसूचीबमोजिम बैठकको अध्यक्षता गर्नुभएका प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले यही माघ १२ गते नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम बैठक गरे ।
यस्तै, प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ को दफा ९६० को उपदफा ९१० बमोजिम आगामी फागुन २ गते प्रदेश सभामुखको चयनका लागि मिति तय गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बैठकले सर्वसम्मतरुपमा पारित गरेको छ ।
प्रदेश प्रमुखको पत्र पढेलगत्तै प्रदेश नं ५ मा क्रियाशील राजनीतिक दलका नेताले सभालाई सम्बोधन गरे । सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले योजनाबद्ध ढंगले काम गर्नसके प्रदेश नं ५ लाई सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने बताए ।
नेकपा ९माओवादी केन्द्र०का नेता प्रदेश सदस्य कुलप्रसाद केसीले प्रदेश नं ५ ले थारुवान, मगरात र अवधका नागरिकलाई भावनात्मकरुपमा जोड्नसके प्रदेशको समृद्धि हुने बताए ।
नेपाली काँग्रेसका प्रदेश सदस्य वीरबहादुर रानाले संघीय व्यवस्था भनेको सहकार्यको व्यवस्था भएकाले प्रदेशको समृद्धिका लागि सबैले दलभन्दा माथि उठेर काम गर्न तयार हुनुपर्ने बताए । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता सहर्षराम यादवले विविधताकाबीच एकता कायम गर्दै पिछडिएका जातिलाई अधिकार दिएमा मात्र विकास सम्भव हुने बताए ।
राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तारा जिसीले समतामूलक विकासको योजना बनाइ प्रदेशको विकास गर्न सकिने बताउनुभयो । राजपाका नेता बिना पन्थ भने बिरामी भएका कारण सभामा अनुपस्थित रहनुभएको बताए । दिउँसो १ः०० बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो ।
संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभाको बैठकस्थलमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन २ गते हुने भएको छ ।
प्रकाशित समय : २१:४५ बजे