गृहपृष्ठ बस्ती जोखिममा पर्न थालेपछि साढे चार करोडको लागतमा तटबन्धन
बस्ती जोखिममा पर्न थालेपछि साढे चार करोडको लागतमा तटबन्धन

मोरङ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिकाले तटबन्धन निर्माण गरिरहेको छ । बेलबारी–७ स्थित कदमा चोकमा चार करोड ५० लाख रुपैयाँको लागतमा तटबन्धन निर्माण गरिरहेको हो ।
बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु भएको तटबन्धन निर्माण कार्य हालसम्म २५ प्रतिशत सम्पन्न भइसकेको छ ।
‘आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ,’ सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले भने । बाढीले सबैभन्दा बढी असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालीमन्दिर क्षेत्रमा हाल ५१० मिटर लामो तटबन्धन गरिने भएको हो ।
वर्षेनी खोलाले बहाव परिवर्तन गरेर मूल नहरलाई नै क्षति पु¥याउने जोखिम बढेपछि तटबन्धन गर्नुपरेको सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले बताए । तटबन्धन निर्माणको जिम्मा स्वामी नारायण आशीर्वाद साह जेबी, उदयपुरले लिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा हुने गर्दछ ।
प्रकाशित समय : १२:४४ बजे