विद्यार्थीले ड्रोन बनाए
वि.सं.२०७४ फागुन २ बुधवार ०८:५७
shares

दमौली, २ फागुन- तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले विद्यालयको २९ औं वार्षिकोत्सवका अवसरमा ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक इलेक्ट्रो म्याग्नेट, पेन्सिल लाइट, सोलार बल्ब, मिनी भ्याकुम क्लिनर, मिनी मोटर पम्प, इलेक्ट्रिक डुंगा, पेरिस्कोप, बाइनोकुलर, इलेक्ट्रो म्याग्नेट, सिम्पल सेललगायत २० भन्दा बढी उपकरण निर्माण गरी प्रदर्शन थिए । आफ्ना बालबालिकाले महत्वपूर्ण विज्ञानका सामग्री निर्माण गर्दा अभिभावक भने दंग परेका थिए ।
























