global ime bank Long Banner Ad

गृहपृष्ठ तुलसी प्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासनमा नियुक्त

तुलसी प्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासनमा नियुक्त

तुलसी प्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासनमा नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासनमा नेपाल सरकारका सह–सचिव तुलसी प्रसाद गौतम नियुक्त भएको छ । उनी पा“च वर्षको लागि नियुक्त भएको हो । उनलाई नेपाल सरकारको २०७५ बैशाख ५ मा बसेको बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपालको सार्वजनिक प्रशासनमा उनको २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गर्नु भएको छ । उनले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरे । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिए ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु