global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालगन्ज भन्सारमा राजस्व संकलन, नौ महिनामै लक्ष्य पुरा

नेपालगन्ज भन्सारमा राजस्व संकलन, नौ महिनामै लक्ष्य पुरा

नेपालगन्ज भन्सारमा राजस्व संकलन, नौ महिनामै लक्ष्य पुरा

बाँके । नेपालगन्ज भन्सार कार्यालयले नौ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । २०७४/०७५ मा ६ अर्ब ७९ करोड राजस्व संकलनको लक्ष्य लिएको भन्सार कार्यालयले नौ महिनामै ९२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले लक्ष्य पार गर्दै ७ अर्ब ७१ करोड ६१ लाख ३१ हजार ९४५ रुपैयाँ राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख जनार्दन आचार्यले जानकारी दिए । भन्सार कार्यालय प्रमूख आचार्यका अनुसार मूल्य अभिवृद्धि करमा ३ अर्ब ४५ करोड १० लाख ९७ हजार ९६८ र भन्सार पैठारी महसुलमा २ अर्ब ३७ करोड ३० लाख ३९ हजार ६० रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै पूर्वाधार करतर्फ ७९ करोड १२ लाख ६० हजार, सडक सुधार दस्तुरतर्फ ३५ करोड ५७ लाख ६४ हजार, कृषि सुधार शुल्क ५८ करोड ४४ लाख ९६ हजार र अन्त शुल्कतर्फ १३ करोड ७९ लाख, ५० हजार ८४७ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पैठारी सेवा शुल्कतर्फ १ करोड ७१ लाख २५ हजार ५००, भन्सार निकासी महसुल ५२ लाख ५० हजार २७०, निकासी सेवा शुल्कतर्फ १ लाख ९ हजार ३०० र भन्सार सम्बन्धी अन्य आयतर्फ ३९ हजार राजस्व संकलन भएको छ । भन्सार जाँचपासमा सुधारसँगै कडाई गरेपछि चोरी पैठारीमा कमी आएकाले राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालय प्रमूख आचार्यले बताए ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु