गृहपृष्ठ सगरमाथा इन्स्योरेन्सको नाफा १७ करोड
सगरमाथा इन्स्योरेन्सको नाफा १७ करोड
काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा १८ प्रतिशत नाफा बढाएको छ । कम्पनीले चैतसम्ममा १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा सगरमाथाले १४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । स्तरीय सेवाका कारण बिमितको विश्वास हासिल गर्न सफल भएको सगरमाथाले जनाएको छ । चैतसम्म कम्पनीले २८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ गरेको थियो । कम्पनीको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ छ । नौ महिनामा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । हालसम्म ७० करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले ७१ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा छ ।
प्रकाशित समय : २२:०२ बजे




















