global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनी निर्माण व्यवसायीको चुनाव रौनक, अध्यक्षमा गणेश शर्मा भर्सज दामोदर शर्मा

लुम्बिनी निर्माण व्यवसायीको चुनाव रौनक, अध्यक्षमा गणेश शर्मा भर्सज दामोदर शर्मा

लुम्बिनी निर्माण व्यवसायीको चुनाव रौनक, अध्यक्षमा गणेश शर्मा भर्सज दामोदर शर्मा

कृष्ण खनाल । लुम्बिनी । निमार्ण व्यावसायी संघको भैरहवामा चैत २३ र २४ गते हुने ११ औ अधिबेशन तथा २५ साधारण सभाका लागि संयुक्त प्यानल घोषणा भएको छ । अध्यक्ष गणेश शर्माको नेतृत्वमा प्यानल घोषणा भएको छ । उपाध्यक्ष कृष्ण पन्थी, उपाध्यक्ष विश्वप्रकास श्रेष्ठ, महासचिव त्रिभुवनदत्त पुन, सचिव दिपक पाण्डे, कोषाध्यक्ष सागर भुषाल र सह–कोषाध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलन गरि चुनाब बारे जानकारी दिए । आसन्न साधारण सभा तथा अधिबेसनको पूर्व सन्ध्यामा पूर्व अध्यक्षसहितको साथले प्यानलको जित सुनिश्चत भएको अध्यक्षका दाबेदार गणेश शर्माले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रुद्र शर्माले राज्यसंग नितिगत रुपमा अधिकारका लागि पहल गर्ने बताए । जिल्ला अध्यक्ष टोप बहादुर रायमाझीले नया“ नेतृत्वले संस्थागत विकास गर्दै थप उचाईमा लैजाने बताए । बुटवल उपमहानगरपालिका भलवारीदेखी उत्तरका रहेका १ सय २७ जना शाखामा व्यवसायीहरु रहेका छन । कार्यक्रममा संस्थाका उज्जवल घिमिरे, जिल्लाका संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठले बोल्दै राज्यको ७० प्रतिशत विकास बजेट खर्च गर्ने अरबौ रुपैया सरकारले भुक्तानी नगर्दा समस्या भएको गुनासो गरेका थिए ।
लुम्बिनी निमार्ण व्यावसायी संघको भैरहवामा हुने ११ औ अधिबेशन तथा १५ साधारण सभाका लागी दामोदर शर्माको अध्यक्षतामा अर्को संयुक्त प्यानल घोषणा गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरि प्यानलले घोषणा गराएकोे हो । शर्मा वतर्मान कार्यसमितिमा कोषाध्यक्ष हुन । यसैगरि आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा कृष्ण पन्थी, उपाध्यक्ष दिपक शाही, महासचिव बिनय ज्ञवाली, सचिव प्रयास खड्का, कोषाध्यक्ष प्रितम रौनियार, सहकोषाध्यक्ष रोशन खनालको पयानल घोषणा गरेको हो । स्थापित संस्थाका रुपमा रहेको निर्माण व्यावसायीहरुको यो संस्थामा आफनो क्षमता र कामको आधारमा नेतृत्वका लागि उम्मेदबारी दिएको निवर्तमान अध्यक्ष बलराम शर्माले बताए । सहमतिको अन्तिम समयसम्म लाग्ने र त्यो नभए लोकतान्त्रिक अभ्यासका लागि तयार रहने समेत उनले बताए । संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठले व्यवसायीक हितमा काम गर्ने प्रतिवदतासहित मैदानमा आउनुपर्ने बताए । क्षेत्रगत रुपमा भैरहवा र बुटवलको सोच नबनाई सबैलाई समेटनु पर्ने बताए । जिल्लामा करीव ३ सय व्यवसायी रहेका छन ।

प्रकाशित समय : ०४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु