global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लक्ष्मी बैंकले ल्यायो भिसा डेबिट कार्ड

लक्ष्मी बैंकले ल्यायो भिसा डेबिट कार्ड

लक्ष्मी बैंकले ल्यायो भिसा डेबिट कार्ड
काठमाडौं। लक्ष्मी बैंकले भिसा नेटवर्कले समेत ‘सेक्युर्ड’ गरेको भिसा डेबिट कार्ड ल्याएको छ। ग्राहकको कारोबार सुरक्षाका लागि बैंकले थ्रिडी सेक्युर सर्भिसले सुरक्षित ठहर्याएको कार्डहरु प्रयोगमा ल्याएको विज्ञप्तिमा जनाएको छ।
एक पटक रजिस्टर्ड गरेपछि भिजा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित र सहज रुपमा अनलाइन इकमर्सको कारोवार गर्न सक्ने बैंकले जनाएको छ। अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनलमार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको हो। भारतको आइजियालिएन्ट टेक्नोलोजी प्रालिको प्राविधिक सहकार्यमा यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु