global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माथिल्लो भोटेकोशीको पुनःनिर्माण शुरु

माथिल्लो भोटेकोशीको पुनःनिर्माण शुरु

माथिल्लो भोटेकोशीको पुनःनिर्माण शुरु

चौतारा, १४ फागुन । माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु भएको छ । तीन वर्षदेखि बन्द अवस्थामा रहेको थियो । विद्युत उत्पादन हुन भने झण्डै दुई वर्ष लाग्ने छ ।
सिन्धुपाल्चोकको भोटेकोशी निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाटको आयोजना २०७२ को भूकम्प र विसं २०७३ को बाढीले क्षतिग्रस्त हुँदा उत्पादन बन्द भएको थियो ।

२०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति पुर्याउदा उत्पादन बन्द भएका हो । मर्मत पश्चात सञ्चालनमा आए पनि २०७२ को भूकम्पले पुनः क्षति पु¥याएको थियो र मर्मतसम्भार हु“दै गर्दा २०७३ को तिब्बतबाट आएको भोटेकोशी बाढीले पुनः क्षतिग्रस्त बनाए थियो । कार्यकारी निर्देशक विक्रम स्थापितले बताए ।

अहिले चीनको सिनो हाइड्रो कम्पनीसंग रु सात अर्बको लगानीमा आयोजना पुनःनिर्माणको ठेक्का सम्झौता भएको छ । आगामी दुई वर्षभित्र आयोजनाको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिनुभयो ।

बाह्रबिसे–तातोपानी सडक खण्ड अन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर तीन दशमलव पाँच किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङमार्गबाहेक बाँध स्थल, विद्युत्गृह, पेन स्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र र विद्युत्गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पु¥याएकाले मर्मत तथा नयाँ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०५१ मा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि निजी क्षेत्रबाट यो आयोजनाको निर्माण कार्य शुरु भएको थियो । अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले विसं २०५३ मा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।

शुरुमा ३६ मेगावाटको स्वीकृति पाएको सो आयोजनाले पछि ४५ मेगावाटको स्वीकृति पाएको थियो ।
राम केसी

प्रकाशित समय : ०३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु