global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकलाई पनि कार्वाही गर्ने निकाय छ : अर्थमन्त्री डा. युवराज खतिवडा

राष्ट्र बैंकलाई पनि कार्वाही गर्ने निकाय छ : अर्थमन्त्री डा. युवराज खतिवडा

राष्ट्र बैंकलाई पनि कार्वाही गर्ने निकाय छ : अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं । नेपाल राष्ट्र बैंकले राम्रो काम नगरे बैंकलाई कार्वाही गर्ने निकाय रहेको जानकारी अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर डा. चिरन्जीवि नेपाललाई सचेत गराएका छन। बैंक तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने, यथार्थ विवरण नदिने कर्मचारीमाथि कार्वाही गर्न गभर्नर डा। नेपालको ध्यानकर्षण गराएका छन् । गलत काम गर्ने र वित्तीय प्रणालीलाई आघात पार्नेमाथि कार्वाही गर्ने निकाय रहेको जानकारी गराएका थिए ।
राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत बैंकिङ कारोबारको बुधबार राजधानीमा शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले आगामी दिनमा वित्तीय संकट आउने भन्दै यसका लागि तयार रहन केन्द्रीय बैंकलाई सुझाए । सरकारको ढुकुटीमा पैसा नभएको कुरा अर्थशास्त्रीले नबुझेको बताउदै उनले अझै ८ खर्ब अतिरित्त दायित्व थपिएकाले १ वर्षको बजेट त्यसलाई पुुरा गर्ने लाग्ने जानकारी दिए ।
आफु गभर्नर हुदा राष्ट्र बैंकको ढोकाबाटै बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स दिने गरिएकोमा अब त्यस्तो नरहेको उनले बताए ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु