गृहपृष्ठ दुई स्थानीय तहको नाम परिवर्तन

दुई स्थानीय तहको नाम परिवर्तन

दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङ, १७ फागुन । खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो ।

रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो ।

नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको राजपत्र अनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ ।

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो । तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबँेसी गाउँपालिका भएको छ भने अन्यको यथावत राखिएको छ ।
रासस

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु