global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पहाड र हिमाली जिल्लाहरुमा सार्वजानिक बिदा आज र भोलि मुग्लिनम सडक गाडी नरोकिने

पहाड र हिमाली जिल्लाहरुमा सार्वजानिक बिदा आज र भोलि मुग्लिनम सडक गाडी नरोकिने

पहाड र हिमाली जिल्लाहरुमा सार्वजानिक बिदा आज र भोलि मुग्लिनम सडक गाडी नरोकिने

काठमाडौं, १७ फागुन । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हि“ड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रममा कमी आएको छ । होली पर्वको अवसरमा आज सरकारले पहाड र हिमाली जिल्लाहरुमा सार्वजानिक बिदा दिएको छ ।

तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइ“दैछ । यसैबिच होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्ग, प्रधानमन्त्री केपी ओली र दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।

होली पर्वलाई ध्यानमा राखि नारायणगढ–मुग्लिन सडकखण्ड २ दिनलाई खुला गरिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सुचना जारी गर्दै आज र भोलि गाडी नरोकिने जनाएको हो । यसअघि सडकखण्ड विहान १० बजेदेखि दिउ“सो ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो । पर्व होलीलाई ध्यानमा राखेर यात्रुहरुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए ।

सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिव ७५ प्रतित पुरा भएको छ । अझै केही ठाउ“मा भित्तो काट्ने, कालोपत्रे गर्नेलगायतको काम बाँकी नै छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु