global ime bank Long Banner Ad

गृहपृष्ठ सेवाग्राहीसँग घुस लिँदै गर्दा विद्युतका कर्मचारी अख्तियारको फन्दामा

सेवाग्राहीसँग घुस लिँदै गर्दा विद्युतका कर्मचारी अख्तियारको फन्दामा

सेवाग्राहीसँग घुस लिँदै गर्दा विद्युतका कर्मचारी अख्तियारको फन्दामा


बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका ३ जना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगको कोहलपुर क्षेत्रीय कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इन्जिनियर निसारअहमद खान, सुपरभाइजर विक्रान्त शुक्ला र कार्यालय सहयोगी गिरवरलाल धोबी छन् । उनीहरुले सेवाग्राहीबाट मिटर जडान तथा नामसारी गर्न १५ हजार घुस लिएको खुलेको छ । सेवाग्राहीको मिटर जडान तथा नामसारी गर्न कर्मचारीले घुस मागेको खुलेको प्राधिकरणको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोज सिंहले बताए । घुस लिने कर्मचारीको नाम खुले पनि विस्तृत विवरण आइनसकेको उनले बताए ।
यसअघि पोखरा र काभ्रेमा पनि थ्री फेज मिटर बदली गर्न सेवाग्राहीबाट घुस लिने कर्मचारी अख्तियारको फन्दामा परेका थिए । प्राधिकरणको केन्द्रीय कार्यालयले अनावश्यक शीर्षकमा सेवाग्राहीसँग रकम असुली नगर्न पटक पटक निर्देशन दिए पनि वितरण केन्द्रले मिटर दिने नाममा घुस लिंदै आएका छन् । हरेक पटक तल्लो तहका कर्मचारी अख्तियारले पक्राउ गरे पनि वितरण केन्द्र प्रमुखसम्मको निर्देशनमा सेवाग्राहीसँग अनावश्यक शीर्षकमा रकम असुल्ने गरिएको प्राधिकरण स्रोत बताएको छ ।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु