global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सिन्डिकेट खारेजी स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

सिन्डिकेट खारेजी स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

सिन्डिकेट खारेजी स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारले यातायात क्षेत्रमा गरेको सिन्डिकेट खारेजीको स्वागत गरेको छ । यातायात व्यवसायीहरुले सिन्डिकेटको पक्षमा गरिने आन्दोलनलाई महासंघले सहयोग गर्नुपर्ने बताएको बेला महासंघ भने सरकारको पक्षमा देखिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका अध्यक्ष योगेन्द्र कर्मचार्यले सरकारको निर्णयबाट व्यवसायीको १० खर्ब रुपैयाँ लगानी घाटामा जाने भन्दै महासंघ मात्रै नभई नेपाल राष्ट्र बैंक पनि व्यवसायीको पक्षमा लाग्नु पर्ने बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार विज्ञप्ती जारी गर्दै व्यवसायीको आन्दोलनको विरुद्ध र सरकारी कदमको पक्षमा उभिएको हो ।
‘खुला बजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज छैन’ महासंघको विज्ञप्तीमा भनिएको छ । महासंघले लामो समयदेखि यातायात क्षेत्रमा भएको सिन्डिकेटको विरोध जनाउदँदै आएको छ । विज्ञप्तीमार्फत यातायात व्यवसायीलाई आन्दोलन फिर्ता लिन समेत महासंघले आग्रह गरेको छ ।

प्रकाशित समय : २३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु