global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ व्यापार घाटामा सुनचाँदीको २९ अर्ब ७८ करोड योगदान

व्यापार घाटामा सुनचाँदीको २९ अर्ब ७८ करोड योगदान

व्यापार घाटामा सुनचाँदीको २९ अर्ब ७८ करोड योगदान

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० अर्ब ३५ करोड रुपैयाँको सुन, ९ अर्ब ४३ करोड रुपैयाँको चाँदी आयात भएको छ । सिमेन्टको क्लिङ्कर १६ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ । त्यस्तैगरि, २० अर्ब ३५ करोड रुपैयाँ बराबरको सुन, ९ अर्ब रुपैयाँ रुपैयाँको चाँदी, १० अर्ब २८ रुपैयाँ बराबरको कच्चा भटमासको तेल पैठारी भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।
नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भई ८ खर्ब २० अर्ब ६५ करोड रुपैयाँमा सुनचाँदी पुगेको छ । ऊनी गलैंचाको निर्यातमा ९ दशमलब ४ प्रतिशतले कमी भइ ३ अर्ब ९६ करोडको मात्र निर्यात भएको छ । यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ४.८ प्रतिशतले ह्रास आई रु.३.६२ अर्व, पोलिष्टर तथा अन्य धागोमा २५.५ प्रतिशतले वृद्धि भई ५ दशमलब १२ अर्ब, मुसुरोको दालमा १०.३ प्रतिशतले वृद्धि भई ६९ करोड रुपैयाँ पुगेको छ ।
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, चीन, युके, युएई, इटाली, फ्रान्स, वंगलादेश, जापान, क्यानडा, भियतनाम र अष्ट्रेलिया आदि प्रमुख रुपमा रहेका छन् । निर्याततर्फ, प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा २२ दशमलब ५ प्रतिशतले वृद्धि ,पेट्रोलियम पदार्थमा ३७ दशमलब३ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङकमा उल्लेख छ ।
यसअवधिमा यातायातका पार्टसपुर्जाको आयातभने ३ दशमलब १ प्रतिशतले ह्रास आएको छ । दुरसञ्चारका सामाग्रीहरुमा १० दशमबल ३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी २० अर्ब ३५ करोड रुपैयाँको सुन, ९ अर्ब ४३ करोड रुपैयाँको चाँदी आयात भएको छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, इण्डोनेशिया, भियतनाम, अर्जेन्टिना, थाइलेण्ड, दक्षिण कोरिया, मलेशिया, संयुक्त राज्य अमेरिर्का, फ्रान्स, साउदी अरेविया, जर्मनी, जापान र युएइ प्रमुख रुपमा रहेका छन् ।
नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसैगरी युएसएतर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ ।
यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसैगरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो उल्लेख्य रुपमा निर्यात भएको तथ्यांकले देखाउँछ । हालका केही वर्षहरुमा धागो, छुर्पी, मासु तथा फेल्टका निर्यात भइरहेको छ ।

प्रकाशित समय : २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु