global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ स्याङ्जामा लुम्बिनी बिकास बैकको शाखा विस्तार

स्याङ्जामा लुम्बिनी बिकास बैकको शाखा विस्तार

स्याङ्जामा लुम्बिनी बिकास बैकको शाखा विस्तार

स्याङ्जा । लुम्बिनी बिकास बैकले स्याङजाको पुतली बजारमा २ शाखा विस्तार गरेको छ । यो बैकको ६१ र ६२ औ शाखा हो ।
सो शाखाको नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी शिबाकोटीले उद्घाटन गरेका हुन । कार्यक्रममा डेपुटी गभर्नर शिबाकोटीले बैकहरु शहर मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रम जानुपर्ने र बैकिङ सेवालाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी झलक प्रसाद खनालले स्वागद गर्दे बैकबाट उपलब्ध सोव सुबिधाको सम्बन्धमा धारणा राखेका थिए ।स्याङजाको बाडखोला शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मी तथा पूतलीवजार नगरपालिकाका मेयर महेश पूरीले संयूक्त रुपमा उदघाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै सञ्चालकग शेषराज रेग्मीले बैंकले ग्रामिण क्षेत्रमा स–साना परियोजनारुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सूधारमा सक्दो सहयोग गर्नेे बताए ।
कार्यक्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित अतिथि तथा ग्राहकलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाको सम्बन्धमा स्पष्ट पारे ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु