सुनको मूल्य ६ सयले बढ्यो
वि.सं.२०७५ मंसिर १८ मंगलवार २१:४९
shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० ले बढेर प्रतितोला ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन मंगलबार ९०० ले बढेर ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी मंगलबार २० ले बढेर ७२० मा कारोवार भएको छ । महासंघले मंगलबार १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ ।
(रासस)
























