global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बढी शुल्क लिने कलेज सञ्चालकलाई पक्राउ गर्न माग

बढी शुल्क लिने कलेज सञ्चालकलाई पक्राउ गर्न माग

बढी शुल्क लिने कलेज सञ्चालकलाई पक्राउ गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भ्रातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले तोकिएकोभन्दा बढी शुल्क लिने पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद आचार्यलाई पक्राउ गर्न माग गरेका छन् ।

शुक्रबार अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले विज्ञप्ति जारी गर्दै बढी शुल्क असुल गरी फरार रहेका आचार्यलाई तत्काल पक्राउ माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको उक्त कलेजले एमबिबिएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि कलेजका विद्यार्थीले आन्दोलन गरेका थिए । विज्ञप्तिमा आचार्यलाई पक्राउ गरी तोकिएको मापदण्डभन्दा बढी लिएको शुल्क फिर्ता गर्नसमेत माग गरिएको छ ।

यस्तै सरकारले तोकेको शुल्कभन्दा बढी लिएको छानबिन गरी त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर हदैसम्मको कारवाही गर्नसमेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा शृङ्खलाबद्ध रुपमा सरकार, विश्वविद्यालय र डीन कार्यालयलगायत नियमकारी निकायको नीति, नियम र निर्देशन अवज्ञा गर्ने कलेजको सम्बन्धन खारेज गरी त्यस्ता कलेजको स्वामित्व सरकारले लिनुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा ७२ घण्टाभित्र आफ्ना माग पूरा नगरे त्रिवि उपकुलपति कार्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र तत्काल समस्या समाधान गर्न नसके त्रिवि पदाधिकारी र चिकित्सा अध्ययन संस्थानको डीनको राजीनामा माग गर्ने उल्लेख छ । (रासस)

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु