global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण

शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण

शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण

झापाको भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शनिबार हस्तान्तरण गरिएको छ ।

भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उनको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको शनिबार बिहान ४ः३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिए ।

आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गरेका थिए । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । उनी वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध थिए ।

आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी रहेका छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताए । रासस

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु